एक्सक्लुसीभ

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाद्वारा राजीनामा

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी संसदीय छानबिन प्रतिवेदनले आफूलाई दोषी नठहर्‍याएको भए पनि प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा जिम्मेवारी बोध गर्दै सभापतिबाट राजीनामा दिएको घोषणा गर्नुभयो ।

उहाँले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने उल्लेख गर्दै राष्ट्रिय सभाबाट दुई वर्षको कुलिङ पिरियड लागू हुने प्रावधानसहित निजामती सेवा विधेयक पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

विधेयक निर्माणका क्रममा धेरै दबाब र प्रभाव आएको भए पनि सर्वसम्मत रूपमै सरकारी कर्मचारीका लागि दुई वर्ष कुलिङ पिरियडको प्रावधान राखिएको उहाँको भनाई छ ।

राज्य व्यवस्था समितिको विधायिकी मनसाय विपरीत विधेयकको प्रतिवेदन तयार भएको भन्दै प्रतिवेदन लेखन कार्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयका कर्मचारीहरू संलग्न रहेको बताउनुभयो ।

निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको भए पनि अन्तिम रूपमा गहिरिएर विधेयक नहेर्नु कमजोरी रहेको उहाँले स्वीकार गर्नुभयो ।

उहाँले सरकारी कर्मचारीलाई अवकाश लगत्तै संवैधानिक र कूटनीतिक नियुक्ति दिन नहुने र यसो गर्दा सरकारको कामकारबाही प्रभावित हुने र भविष्यमा पाउने पदका लागि कर्मचारी रहँदै गलत कार्य हुन सक्ने समेत औँल्याउनुभयो ।

निजामती सेवा विधेयकको प्रतिवेदनमा गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति सधैँ लागेको समेत स्पष्ट पार्नुभयो ।

राज्य व्यवस्था समितिबाट पारित भएको निजामती विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्