मनोरंजन

सरुको ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा

काठमाडौँ । तीज पर्वलाई लक्षित गर्दै गायिका एवं समाजसेवी धनकुमारी थापा ‘सरु’ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्याउनुभएको छ । 

चर्चित हाँस्य कलाकार किरण केसी रातामकै र दिपाश्री निरौला अभिनित गीतको भिडियो पनि सार्वजनिक गरिएको हो । विमोचन समारोहमा प्रमुख अथिति बरिष्ठ गायक बमबहादुर कार्कीले गीतको शब्द, सङ्गीत र अभिनयको खुलेर तारिफ गर्नुभयो ।

गायिका धनकुमारी थापा ‘सरु’ले टिकटकलाई गलत प्रयोग गर्ने भन्दा पनि समाजका लागि सन्देश प्रवाह गर्ने सकारात्मक प्लेटफर्म बनाउन जरुरी रहेको र तीज पर्वलाई शिष्ट एवम मर्यादित रूपमा मनाउन सन्देश प्रवाह गर्ने गरी गीत तयार गरेको बताउनुभयो ।

धनकुमारी थापा ‘सरु’ र मनोजसिंह धामीको स्वरमा रहेको गीतको शब्द सङ्गीत धामीकै रहेको छ। प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा दिपाश्री निरौला, किरण केसी, धनकुमारी थापा, मनोजसिंह धामीलगायतको अभिनय रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्