खेलकुद

अस्ट्रेलिया सिरिजका लागि नेपाली टिमको घोषणा

काठमाडौँ । अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजको लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ ।

टोलीमा यसअघि स्कटल्यान्डमा भएको त्रिदेशीय सिरिजमा रहनुभएका किरण ठगुन्ना पर्नुभएको छैन । कुशल मल्लले पुनरागमन गर्दा चाटका कारण स्कटल्यान्ड भ्रमण गुमाउनुभएका सोमपाल कामी र गुलशन झाले पनि स्थान बनाउनुभएको छ ।

यस सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । नेपालले स्ट्राइकसँग अगस्ट १५ तारिख खेल्दै सिरिजको सुरुवात गर्नेछ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र ललित राजवंशी ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.