एक्सक्लुसीभ

भोटेकोशी बाढी : सडक कटान, जलविद्युतमा क्षति

रसुवा । चीनमा भारी वर्षा हुँदा रसुवाको भोटेकोशी नदीमा आकस्मिक बाढी आउँदा रसुवामा ठुलो क्षति भएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बुधबार बिहान करिब २ बजे भोटेकोशी नदी एक्कासी जलसतह बढेपछि बाढी आएको हो। बाढीले सडक संरचनामा क्षति गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकार द्रुर्व अधिकारीका अनुसार असार २४ गतेको बाढीले पहिल्यै क्षति पुयाएको स्याफ्रुबेशी–रसुवागढी सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ। त्यस्तै मेदामुदुङ, कुलुङ, लिङलिङ, तातोपानी, टिमुरे, घट्टेखोला, भन्सार यार्ड प्रवेशद्वार तथा नेपाली सेनाको चेकपोष्ट आसपास गरी आठ स्थानमा करिब ५४० मिटर सडक कटान भएको छ। साथै स्याफ्रुबेशी – दोभान सडकखण्ड अन्तर्गत लाङटाङ जलविद्युत आयोजनाको प्लान्ट नजिक बाढीले बाटो कटान गर्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।

भोटकोशी र त्रिशूली नदीमा रहेका पुल जोखिममा परेका छन्। गोसाइँकुण्ड तातोपानी स्थित रसुवागढी जलविद्युत आयोजनाको पुल र कालिका गाउँपालिका–१ तथा उत्तरगया गाउँपालिका– १ जोड्ने त्रिशुली नदीको पक्की पुल दुवैको प्रोटेक्सन ग्याबिन वाल भत्किएकाले ती संरचना जोखिममा रहेका छन्।

बाढीले गोसाइँकुण्ड- ५ स्थित रोङ्गा पुल नजिकै रहेको चारवटा काठका टहरा बगाएको र त्रिशूली थ्रीए र थ्री बी जलविद्युत आयोजना क्षेत्र पनि पुनः प्रभावित बन्दै हब स्टेशनमा थप क्षति भएको छ। बाढीले मानवीय क्षति भने नभएको प्रशासनले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्