खेलकुद

चेल्सीले जित्यो फिफा क्लब विश्वकप उपाधि

काठमाडौँ । फिफा क्लब विश्वकपको उपाधि इङ्लिस क्लब चेल्सीले जितेको छ ।

अमेरिकाको न्यु जर्सीस्थित मेट लाइफ रङ्गशालामा आइतबार राति भएको फाइनल खेलमा चेल्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–० गोलले हरायो ।

चेल्सीको जितमा कोल पाल्मरले २२औँ र ३०औँ मिनेटमा गोल गर्नुभयो । अर्को गोल ४३औँ मिनेटमा जाओ पेड्रोले गर्नुभएको हो । पहिलो हाफमै तीन गोल गरेको चेल्सीले दोस्रो हाफमा रक्षात्मक रणनीति अपनाएको थियो ।

पिएसजीको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल बन्न सकेन । ८१ हजार दर्शकको साथ पाएको फाइनल खेलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चेल्सीका पाल्मर चुनिनुभयो भने गोल्डेन ग्लोब चेल्सीकै गोलरक्षक रोबर्ट सान्चेजले पाउनुभयो ।

सर्वाधिक गोलकर्ताको पुरस्कार रियल म्याड्रिडका गोन्जालो गार्सिया र युवा खेलाडीको पुरस्कार पिएसजीका डेजोरे डुअ‍ेले पाउनुभयो ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्