नेपाल

बाजुरामा भएको ट्याक्टर दुर्घटनामा तीनको मृत्यु, चार घाइते

बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु र चार जना घाइते भएका छन् ।

शुक्रबार राति जिल्लाको पुर्वि उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिको पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सु.प.प्र.०१–००२ त ४६८७ ट्याक्टर जगन्नाथ गाँउपालिका वडा नं. –३ दाउणामा दुर्घटना भएको हो ।

दुर्घनामा परी जगन्नाथ गाउँपालिका–३ मनिकाँडा अन्दाजी ४५ वर्षका धनरुप शाही, ३५ वर्षका धर्म शाही र ५२ वर्षीया नामसरा देवि शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगनसिह भाटले बताउनुभयो ।

अछामको रामारोसन गाउँपालिका –४ बस्ने अन्दाजी वर्ष २१ को नवीन बोहराले चलाउँदै गरेको सो ट्क्याटर अचानक अनियन्त्रित हुँदा सडक भन्दा करिब पाँच सय मिटर तल खसेको थियो ।

दुर्घटनामा जगन्नाथ–३ मनिकाँडा बस्ने अन्दाजी ४० वर्षकी बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षकी सङ्गीता शाही र २१ वर्षीय चालक नवीन बोहरा घाइते हुनुभएको छ ।

सूचना अधिकारी भाटले भन्नभुयो, “घाइतेहरूको टाउको, हात र खट्टामा गम्भीर चोट लागेको छ । उनीहरुको अहिले कोल्टी अस्पतालमा उपचार भइरहेको छ ।”

घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्