खेलकुद

कुङफु खेलाडी गुना गुरुङले उमा वल्र्ड ओपन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

काठमाडौँ । कुङफु खेलाडी गुना गुरुङले उमा वल्र्ड ओपन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएकी छन् । इङल्यान्डको चेल्टेनह्याममा नोभेम्बर २८ र २९ तारिखमा हुने प्रतियोगितामा गुनाले २ स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।
गुनाले १६ वर्षमाथिको के– १० वेपन्स फम र के– २ चाइनिज फममा कौशल प्रदर्शन गर्ने छिन् । यसअघि गुनाले सन् २०२३ मा इङल्यान्डमै भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स खुला च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् ।
गुना बिहीबार इङल्यान्ड प्रस्थान गर्ने छिन् । गुनालाई सफलताको शुभकामना दिदै नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्