राजनीति

निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक

ललितपुर । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति र संशोधित विधानको विवरण आफ्नो अभिलेखमा अद्यावधिक गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विवरण अद्यावधिक गरिएको जानकारीसहितको पत्र पार्टीलाई पठाइएको बताउनुभयो । गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य, विनोदकुमार चौधरी, महामन्त्रीमा प्रदीप पौडेल, डिला पन्त सङ्ग्रौला र उदयशमशेर राणा निर्वाचित हुनुभएको थियो ।

पार्टीका महामन्त्री प्रदीप पौडेलले निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण, संशोधित विधान, राजनीतिक दस्ताबेज र महाधिवेशनका निर्णय अद्यावधिक गर्न कात्तिक १६ गते आयोगमा निवेदन दिनुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्