राजनीति

नवलपुर–१ मा कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे कायम

नवलपुर। नवलपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे तोकिनु भएको छ। दुई दिनअघि यहाँ गजेन्द्रबहादुर आले र बालकृष्ण घिमिरेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको टिकट ल्याएर दुवैले उम्मेदवारी दर्ता गराउनु भएको थियो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय १ का सूचना अधिकारी प्रेमप्रशाद पौडेलले घिमिरे उम्मेदवार किटान भएको जानकारी दिनुभयो।

निर्वाचन कानुनको दफा १९ अनुसार पहिले दर्ता भएको नामलाई प्राथिमकता दिँदै घिमिरेलाई आधिकारिक उम्मेदवार घोषणा गरिएको उहाँको भनाइ छ।

दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुर क्षेत्र नम्बर २ मा जनजाती महासंघका केन्द्रीय अध्यक्ष ओमघर्ती मगर उम्मेदवार बन्नु भएको छ। यहाँको दुई वटै निर्वाचन क्षेत्रमा ०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए।

उता पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा पनि यस्तै विवाद थियो। त्यहाँपनि पहिले उम्मेदवारी दर्ता गराएका आधारमा कांगेसले भिमबहादुर थापा (भरत) लाई उम्मेदवार बनाएको छ। यहाँ अर्का उम्मेदवारका दावेदार देवेन्द्रराज कडेल प्रतिस्पर्धाबाट बाहिरिनु भएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्