डायस्पोरा
जनसम्पर्क समिति क्यानडाको संयोजकमा कार्की मनोनीत
टोरोन्टो। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्ट राज कार्की (बसन्त कार्की) लाई मनोनयन गरेको छ।
समूहका १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले यसअघि कार्तिक १२ गते तोकिएका संयोजक वीरेन्द्र राउतलाई हटाएर कार्कीलाई नयाँ संयोजक मनोनयन गरेका हुन्।
पत्रमा जनाइएअनुसार नेपाली जनसम्पर्क समिति क्यानडाका नेता तथा कार्यकर्ताहरू समेतको मिति २०८३ कार्तिक १७ गतेको लिखित अनुरोधको आधारमा कार्कीलाई संयोजक तोकिएको हो।
संयोजकको रूपमा नेपाली कांग्रेसको स्थापित मूल्यमान्यतालाई आत्मसात गरी संगठन मजबुत बनाउन पत्रमा निर्देशन दिइएको छ । पत्रको बोधार्थ वीरेन्द्र राउतलाई समेत दिइएको छ।