डायस्पोरा

स्पेनको कातालोनिया संसदका अध्यक्ष जोसेप रुलसँग नेपाली समुदायको अन्तरक्रिया

'नेपाली समुदायका आवाज, आवश्यकता र अपेक्षाहरू सम्बन्धित निकायसम्म पुर्‍याउन पाएकोमा हामी अत्यन्त खुसी छौ। स्पेनमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय निकायहरूमाझ थप पहिचान, सम्मान र स्थापित गराउने हाम्रो प्रयास निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्दछौँ।'

बार्सिलोना। स्पेनबाशी नेपालीहरुले स्पेनको कातालोनिया संसदका अध्यक्ष जोसेप रुलसँग भेटघाट र अन्तरक्रिया गरेका छन्। भेटघाट पछिको अन्तरक्रिया कार्यक्रममा स्पेनबाशी नेपालीका तर्फबाट कातालोनियामा बसोबास गर्ने नेपाली समुदायको अवस्था, योगदान तथा आवश्यकताका विषयमा आफ्ना अनुभव साझा गर्दै आ-आफ्ना धारणा राखेका थिए।

विभिन्न देशका प्रतिनिधिहरू सहभागी रहेको कार्यक्रममा कातालोनियाको संसदीय संरचना, कार्यप्रणाली तथा लोकतान्त्रिक अभ्यासबारे महत्वपूर्ण जानकारी आदानप्रदान गरिएको थियो।

भेटका क्रममा अध्यक्ष रुलले कातालोनियाको संसदीय संरचना, कार्यप्रणाली तथा लोकतान्त्रिक अभ्यासबारे महत्वपूर्ण जानकारी दिएका थिए। उनले लोकतान्त्रिक मूल्य, सामाजिक सहअस्तित्व तथा विभिन्न समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने विषयमा विशेष जोड दिए।

भेटपछि गैर आवासिय नेपाली संघ स्पेन च्याप्टरका अध्यक्ष सतोष श्रेष्ठले नेपाल र नेपाली समुदायको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना कुरा राख्न पाउनु साँच्चै गर्वको क्षण भएको प्रतिक्रिया दिएका छन्।

श्रेष्ठ भन्छन, ‘नेपाली समुदायका आवाज, आवश्यकता र अपेक्षाहरू सम्बन्धित निकायसम्म पुर्‍याउन पाएकोमा हामी अत्यन्त खुसी छौ। स्पेनमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय निकायहरूमाझ थप पहिचान, सम्मान र स्थापित गराउने हाम्रो प्रयास निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्दछौँ।’

भेटको अवसरमा गैर आवासिय नेपाली संघ स्पेन च्याप्टरका अध्यक्ष सतोष श्रेष्ठले स्पेनबाशी नेपालीहरुले स्पेनको कातालोनिया संसदका अध्यक्ष जोसेप रुललाई नेपाली राष्ट्रिय झन्डा अंकित खादाले सम्मान गरेका थिए।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्