एनपिएलः सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर बोल्ट्स २७ रनले पराजित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ ।
सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओबरमा सबै विकेट गुमाएर ९३ रनमा समेटियो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२० रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ब्रेन्डन म्याक्मुलेनले सर्वाधिक ३३ रन बनाए । थरिन्दु रत्नायके २६ रनमा अविजित रहे भने आरिफ शेखले ११ तथा सैफ जेब र विनोद भण्डारीले समान १० रन जोडे ।
बलिङतर्फ जनकपुरका कप्तान हरमित सिंहले चार विकेट लिए । आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवले समान एक विकेट लिए ।
जवाफी ब्याटिङमा जनकपुरका तृतराज दासले २१, जिमी निसमले २० र आदित्य महताले १० रन बनाए । राहुल यादवले ११ रन जोडे ।
जनकपुरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । जिमी निसम र ललित राजवंशीबीच नवौँ विकेटका लागि भएको २० रनको साझेदारी नै जनकपुरको इनिङ्सको सबैभन्दा ठूलो साझेदारी बन्यो ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले तीन विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक विकेट लिए ।