मनोरंजन

चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित

काठमाडौं । नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत असोज ३० गते मन्त्रिपरिषद्को बैठकबाट बोर्ड अध्यक्षमा नियुक्त भएका उनले सोमबार सिंहदरबारस्थित सूचना तथा सञ्‍चार मन्त्रालयमा मन्त्री डा. विक्रम तिमिल्सिनाबाट शपथ लिँदै नियुक्ति पत्र बुझेका हुन् ।

शपथलगत्तै अध्यक्ष पण्डितले चाबहिलको सरस्वती नगरस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल बोर्ड अध्यक्ष हुँदा बक्स अफिस कन्सल्टेन्टको रूपमा काम गरेका मनिष बोर्डका १९औं अध्यक्ष हुन् । बोर्ड अध्यक्षको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ ।

निवर्तमान अध्यक्ष दिनेश डिसीको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले असोज १ गते अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा पण्डितसहित १२ जनाले आवेदन दिएका थिए । तीमध्ये सर्टलिस्टमा परेका मनिष पण्डित, निशा अधिकारी र नरेशकुमार पौडेलको नाम मन्त्रिपरिषद्मा पठाइएको थियो । तीन जनामा मन्त्रिपरिषद्ले पण्डितको नाम अनुमोदन गरेको हो ।

अध्यक्ष पण्डित फिल्म निर्माता तथा लेखक समेत हुन् । उनले सन् २०१७ मा प्रदर्शन भएको हेमराज बिसी निर्देशित फिल्म ‘ग्याङस्टार ब्लुज’बाट निर्माणमा हात हालेका थिए । यसमा उनी कार्यकारी निर्माता थिए । यसपछि केही समय बोर्डमा बक्स अफिस कन्सल्टेन्टको रूपमा काम गरेका उनी करिब ८ वर्षपछि सोही बोर्डमा अध्यक्ष बनेर पुगेका हुन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्