नेपाल
कर्णालीमा हवाई उडान प्रभावकारी बनाउन छलफल
काठमाडौँ । कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबिच गहन छलफल भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस,’ कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दै आएका निजी वायुसेवा सञ्चालकबिच छलफल भएको हो ।
छलफलमा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हवाई उडान सेवा सञ्चालनका क्रममा देखिएका समस्या पहिचान गर्दै सेवा प्रभावकारी बनाउने तथा तिनको समाधानका सम्भावित उपायबारे विचारविमर्श गरिएको छ ।