राजनीति

बागमतीका मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । 

प्रतिपक्षी दलका सांसदहरू अनुपस्थित रहेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा ५७ मत परेको छ भने विपक्षमा एक मत पनि परेन ।

बागमती प्रदेशसभामा हाल १०४ जना सदस्य कायम छन्। जसमा नेपाली कांग्रेसका ३६, नेकपा (एनसीपी) का २६, नेकपा एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।

प्रतिपक्षी दलका सांसदहरू बैठकमा अनुपस्थित रहेकाले विश्वासको मतसम्बन्धी प्रस्तावमा सत्ता पक्षका सांसदहरूले मात्र मतदान गरेका थिए।

विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री थापा मगर नेतृत्वको बागमती प्रदेश सरकारलाई संवैधानिक रूपमा निरन्तरता दिने आधार बनेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्