खेलकुद

नेपालद्वारा मलेसिया ९ विकेटले पराजित

काठमाडौँ । एसीसी प्रिमियर कप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मङ्गलवार मलेसियालाई डिएलएस प्रणालीमा ९ विकेटले हराएको छ ।

नेपालले  २ सय ३३ रनको लक्ष्य पछ्याउँदा वर्षा भएपछि ४८ ओभरमा २ सय २८ रनको लक्ष्य पायो । नेपालले त्यो लक्ष्य २८ ओभरमा  १ विकेटको गुमाएर  पूरा गर्‍यो ।

ओपनर आसिफ शेखले सानदार शतकीय प्रदर्शन गरे । आसिफले १ सय ६१ रन बनाए । उनले अर्जुन कुमालसँगको दोहोरो शतकीय साझेदारी गरे ।

८५ बल खेलेका आसिफले  समान १२ चौका र छक्का प्रहार गरे । उनको विकेट अस्लम खान मलिकले लिएका थिए ।  आसिफले पहिलो विकेटको लागि अर्जुनसँग २ सय २० रनको साझेदारी गरे । अर्जुन ६१ र देव खनाल १ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले ४८.२ ओभरमा अलआउट हुँदै २ सय ३२ रन बनाएको थियो ।

मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए । सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० र विरानदीप सिंहले ३९ रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । करण केसीले २ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट हात पारे ।

नेपालले मलेसिया जानुअघि भारतमा कर्नाटकसँग भएको दुई खेल खेल्दै दुवै खेल जितेको थियो । अगस्ट ३१ मा बहराइनसँग खेल्दै नेपालले प्रिमियर कपको सुरुवात गर्नेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्