एक्सक्लुसीभ

स्याङ्जाको सेतीबेनी बजार डुबानमा, ३५ घरधुरी प्रभावित 

यसैबीच कालीगण्डकी नदीको बहाव अझै बढ्ने सम्भावना रहेकाले सेतीबेनी बजार तथा नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

स्याङ्जा । लगातारको वर्षासँगै कालीगण्डकी नदीको जलस्तर बढेपछि स्याङ्जाको गल्याङ नगरपालिका ५ स्थित सेतीबेनी बजार डुबानमा परेको छ ।

बिहीबार बिहानदेखि नदीको बहाव बढेपछि बजारको स्याङ्जातर्फ रहेका घर तथा पसलहरूमा पानी पसेको छ । प्रारम्भिक विवरण अनुसार करिब ३५ घरधुरी तथा सेतीबेनी मन्दिर परिसर डुबानमा परेका छन् । डुबानका कारण स्थानीयवासी तथा व्यवसायी प्रभावित भएका छन् भने नदीको सतह अझै बढ्दो क्रममा रहेकाले थप जोखिम बढेको छ ।

घटनाको जानकारी प्राप्त हुना साथ नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर डुबानमा परेका स्थानीयको उद्धार गर्नुका साथै प्रभावित क्षेत्रको सुरक्षा व्यवस्थापनमा खटिएको छ । प्रहरीले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न तथा अनावश्यक रूपमा नदी आसपास नजान समेत आग्रह गरेको छ ।

यसैबीच कालीगण्डकी नदीको बहाव अझै बढ्ने सम्भावना रहेकाले सेतीबेनी बजार तथा नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । प्रभावित क्षेत्रमा बजार व्यवस्थापन, सम्भावित मानवीय क्षति न्यूनीकरण तथा उद्धार बचाउका कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायसँग समन्वय र सहयोगका लागि गल्याङ नगरपालिका ५ का वडा अध्यक्ष घनश्याम भट्टराईले अपिल गर्नुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्