कविता
विश्वास
सगरमाथा ढलेको कसले देख्यो
हिजो मात्र इतिहास लेखिएको
दृढ अठोटको ।
धरती भासिएर रसातल पुग्यो भन्नेहरू हो
मैले टेकेको धरती खस्किएको छैन
हेर मलाई
म अविचल उभिइरहेको ।
विश्वास मेरो, सपना मेरो
इच्छा मेरो, यथार्थ मेरो
यसर्थ म भन्दै छु
संसारलाई निष्पट्ट ठान्नेहरू हो
तिम्रा विचलित मनमस्तिष्कमा
अठोटको अविचलित बीजारोपण गरी
विश्वासको दियो बालेर त हेर !
देख्ने छौ सारा संसार
सद्भावले सदा झिल्मिलाइरहेको ।