नेपाल

चिकित्सक आन्दोलनको प्रभाव: बयालपाटा अस्पतालको ओपीडी सेवा पूर्ण रूपमा बन्द

अछाम । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमण र असुरक्षाको विरोधमा नेपाल चिकित्सक संघले घोषणा गरेको देशव्यापी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालले आज (साउन १२ गते) बहिरङ्ग (ओपीडी) सेवा पूर्ण रूपमा बन्द गरेको छ।

अस्पताल प्रशासनले आइतबार जारी गरेको अत्यावश्यक सूचनामार्फत नेपाल चिकित्सक संघले साउन ११ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार आन्दोलनका कार्यक्रमअन्तर्गत ओपीडी सेवा बन्द गरिएको जानकारी दिएको हो।

अस्पतालले ओपीडी सेवा बन्द रहे पनि आकस्मिक (इमर्जेन्सी) सेवा, प्रसूति सेवा, भर्ना भएका बिरामीको उपचार तथा जीवनरक्षक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ।

ओपीडी सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति अस्पताल प्रशासनले क्षमायाचना गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सबै सरोकारवालासँग सहयोग र समझदारीको अपेक्षा गरेको जनाएको छ।

अस्पतालले अत्यावश्यक बाहेकका स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीलाई जारी सूचनाको पालना गर्न समेत अनुरोध गरेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्