नेपाल

अनसनरत डा.केसी र सरकारी टोलीबीच वार्ता जारी

धनगढी । चिकित्सा शिक्षा सुधारका माग गर्दै अनसनरत डा.गोविन्द केसी र सरकारी टोलीबीच वार्ता जारी छ । 

मध्यान्ह साढे १२ बजेदेखि शुरु भएको वार्ता अहिले पनि जारी छ ।

सेती प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा सरकारी टोली र डा.केसी पक्षविच वार्ता भइरहेको छ । दुई पक्षीय वार्तामा डा.केसीका मागबारे छलफल केन्द्रित रहेको छ ।

तीन दिनदेखिको अनसनले स्वास्थ्य कमजोर देखिएपछि डा.केसीलाई सेती प्रादेशिक अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ ।

धनगढीको श्रीकृष्ण मन्दिर धर्मशालामा साउन ७ गते अनसन शुरु गरेका डा.केसीलाई स्वास्थ्य अवस्था कमजोर देखिएपछि शनिवार अस्पताल भर्ना गरिएको थियो ।

वार्तामा सांसद पुकार बम, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र डा.केसीको तर्फबाट डा.अमृत जैशी, पवन थापा सहभागी हुनुहुन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्