राजनीति

बागमती प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, सात मन्त्रालयमा जिम्मेवारी तोकियो

मकवानपुर ।  बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को कार्य विभाजन गरिएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा (९)बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्य विभाजन गर्नुभएकाे हाे।

कार्य विभाजनअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी सम्हाल्नु भएको छ। त्यस्तै कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेललाई, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय शिवराज अधिकारीलाई, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय कञ्चन चन्द्र वादेलाई, भौतिक पूर्वाधार विकास मन्त्रालय डा. दिनेशचन्द्र देवकोटालाई, आर्थिक मामिला तथा योजना मन्त्रालय प्रभात तामाङलाई, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय कृष्ण कुमार तामाङलाई तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बिन्दु श्रेष्ठलाई तोकिएको छ। भने किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर के.सी., सुरेश श्रेष्ठ, जयराम थापा तथा बिनु रायमाझी पौडेललाई हालका लागि बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जानकारी दिएको छ।

साउन १ गतेबाट १४ वटा मन्त्रालयबाट ८ वटा मन्त्रालय हुने भएपछि उक्त कार्यविभाजन प्रदेश प्रमुख समक्ष पठाइएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्