संसदमा विरोध गर्ने शैली फेर्न प्रतिपक्षी दलहरूलाई सभामुखको आग्रह
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसदमा विरोध गर्ने शैली फेर्न प्रतिपक्षी दलहरूलाई आग्रह गर्नुभएको छ ।
बैठक शुरु हुने बित्तिकै प्रतिपक्षीदलका सांसदहरुले उठेर विरोध शुरु गरेपछि सभामुख डोलप्रसाद अर्यालले लामो समयदेखी एउटै विषयमा विपक्षी दलहरूले ध्यानाकर्षण गराउँदै आएको बताउँदै एक जनाले मात्र विषय राखेर बैठक अगाडी बढाउन सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादबारेको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले विरोध गर्दै आउनुभएको छ ।
सभामुख अर्यालले विपक्षी दलहरूको तर्फबाट एक जनाले कुरा राख्न आग्रह गर्दै नेपाली नेपाली कांग्रेसका सांसद हरिनादेवी कामीलाई बोल्नका लागि समय दिनुभयो ।
तर एक जनाले मात्रै कुरा राखेर अगाडि बढ्ने विषयमा प्रतिपक्षी दलहरू सहमत नभएपछि सभामुख अर्यालले संसदमा विरोध गर्ने शैली फेर्न विपक्षीलाई आग्रह गर्नुभएको हो ।
बैठकमा नेकपा एमालेका सांसद एशुदा कुमारी बराल, नेपाली कम्युनिष्ट पार्टीका भिमकुमारी बुढामगर, श्रम संस्कृति पार्टीका सांसद सांसद पूर्णप्रसाद लिम्बु र राप्रपाका सांसद खुश्बु ओलीले प्रधानमन्त्री शाहलाई सिमासम्बन्धी अभिव्यक्ति सच्याउन ध्यानाकर्षण गराउनुभयो ।