नेपाल

रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ । रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँ व्याङखोलास्थित सहिद मार्गमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीप चालक दाङ घोराही उपमहानगरपालिका–७ देसाही निवासी अन्दाजी २५ वर्षीय वीरबहादुर चौधरी, दंगीशरण गाउँपालिका–७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका–१४ बस्ने अन्दाजी ४० वर्षीय जिउधन चौधरी र उनकी श्रीमती अन्दाजी ३८ वर्षीया कमला चौधरी रहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाले जनाएको छ ।

जस्तापाता, सिमेन्ट र प्लास्टिकका पाइपलगायत निर्माण सामग्री लोड गरिएको बोलेरो पिकअप जीप सडकबाट करिब पाँच सय– छ सय मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्