नेपाल

पहाडी र हिमाली भूभागमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको असर छ । 

कोशी, मधेस र बागमती प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशका हिमाली तथा पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बादल लागेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका तराई भू-भागमा आंशिक बदली रहे पनि बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थान र बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

सोमबार देशका विभिन्न भू-भागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भाग एवं देशका तराई क्षेत्रमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ ।

दिउँसो र रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्छ । ती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ ।

मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्