राजनीति

प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय सभाको बैठक स्थगित 

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले आइतबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिको विरोध जारी राखेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ ।

बैठकमा सांसदहरुले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै सच्याउन माग गर्नुभयो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न माध्यबाट प्रधानमन्त्री शाहको ध्यानाकर्षण गरी यस समस्याको हल गरिने भन्दै सभाको सञ्चालनलाई निरन्तरता दिई आ–आफ्नो दायित्व पूरा गर्न सांसदहरूलाई अनुरोध गर्नुभयो ।

अध्यक्ष दाहालले सांसदहरूलाई राष्ट्रिय सभाले देशको राजनीतिक क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गर्ने भएकोले यस्तो संवेदनशील राजनीतिक परिस्थितिमा सङ्कटको समाधान खोज्न सभाको छलफललाई निरन्तरता दिन अझै बढी आवश्यक रहेको समेत बताउनुभयो ।

सांसदहरुले प्रधानमन्त्रीले प्रतिनिधि सभामा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध जारी राखेपछि अध्यक्ष दाहालले सभाको दोस्रो पटक बसेको बैठक पनि स्थगित गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ १९ गते मङ्गलवार १ः१५ मा बस्ने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्