एक्सक्लुसीभ

प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा भने, ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको मागअनुसार आइतबारको बैठकमा उपस्थित भई सांसदहरुको सवालको जवाफ दिएका छन् । लिम्पियाधुरा लगायतको भूभागबारेमा सरकारले कुटनीतिक नोट पठाइसकेको र त्यहीअनुरुप त्यो समस्या समाधान प्रधानमन्त्री शाहले प्रष्ट पारे ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदै प्रधानमन्त्री शाहले सो कुरा बताएका हुन्। शाहले बेलायत र भारत दुवै पक्षसँग कुटनीतिक तरिकाबाट सुल्झाउने गरि संवाद भैरहेको उनले जानकारी दिए । यस्तो जवाफ प्रधानमन्त्री शाहले नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले उठाएको प्रश्नको जवाफ दिएका हुन् ।

कम विकाशसील देशबाट विकासशील देशमा उकास्न र देशको आर्थिक अवस्था बढाउनतिर सरकारको ध्यान गएको बताउदै प्रधानमन्त्री शाहले विपन्नहरु महँगो कलेजमा पढ्न नसक्ने हुनाले त्यस्ता विद्यार्थीका लागि यसअघि काठमाडौं महानगरपालिकाले समेत त्यो काम गरेको स्मरण गर्दै उनले सरकारले देशभरी त्यो व्यवस्था लागू गर्न खोजेको बताए ।

संविधानमा निःशुल्क शिक्षाको व्यवस्था भए पनि सरकारको बजेटले नभ्याउने भन्दै प्रधानमन्त्री शाहले विपन्न परिवारका विद्यार्थीलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सुकुम्बासीको विषयमा सांसदहरुले उठाएको जिज्ञासामा प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या स्थायी रुपमा समाधान गर्न होल्डिङ सेन्टरमा सारिएको बताउदै नदी किनारमा फोहोर ठाउँमा बसेर सुकुम्बासी परिवारहरु जोखिममा रहेको र विभिन्न रोगबाट ग्रस्त रहेकाले ज्यानबाट जोगाउन उनिहरुलाई खोला किनारबाट सारेको बताए ।

‘३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौं, अलि समय त लाग्छ तर समाधान हुन्छ’ प्रधानमन्त्री शाहले भने । नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ, भारतले मात्र नेपालको जग्गा मिचेको होइन, प्रधानमन्त्री शाहले भने, “भूमि समस्या समाधानका लागि सरकार कुटनीतिक माध्यमबाट समाधान गर्नेछ ।”

सहकारी पीडितहरुको पैसा तिर्ने व्यवस्था हुने बताउँदै प्रधानमन्त्री शाहले त्यसबारेमा प्रक्रिया सुरु भइसकेको बताए । आयोगका विभिन्न प्रतिवेदनलाई अध्ययन गरी सम्बोधनका लागि सरकारले पहल लिइरहेको प्रधानमन्त्री शाहले बताए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.