राजनीति

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

काठमाडौँ  । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेको छ ।

पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न आज १२ उपसमिति गठन गर्नुभएको हो ।

उहाँले भूमि व्यवस्था विशेष अभियान उपसमितिमा डा गोपाल दहित (सुकुमवासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका लागि), विपद् व्यवस्थापन उपसमितिमा मानबहादुर थापा (पूर्वतयारी, उद्धार र पुनस्र्थापनाका लागि), मानसिक स्वास्थ्य सचेतना उपसमितिमा मोहना अन्सारीलाई जिम्मेवारी दिनुभएको छ ।

यसैगरी, सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिमा ई। दीपेश विष्ट, निर्वाचन प्रणाली सुधार उपसमितिमा जनक चटौत, पूर्वाधार विकास अवधारणा उपसमितिमा ई.अमृत ज्ञवाली, उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमितिमा खगेन्द्र आचार्य र शिक्षा र शिक्षालय नीति उपसमितिमा डा कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, बिपी ज्ञान केन्द्र उपसमितिमा प्रकाश लामिछाने, जातीय विभेदविरुद्ध सचेतना उपसमितिमा एलिजा ढकाल, डिजिटल सचेतना तथा तथ्य जाँच उपसमितिमा प्रकृति भट्टराई र ग्रिन टेबल उपसमितिमा कञ्चन झालाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

उहाँले आन्तरिक आचारसंहिता निर्माणका लागि उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुभएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्