डायस्पोरा

क्यालिफोर्नियाको सानफ्रान्सिस्को सीटीद्वारा नेपाली नयाँ वर्ष वैशाख १ लाई मान्यता

सान फ्रान्सिस्को । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत् रुपमा मनाउने आधिकारिक निर्णय भएसँगै त्याहा बस्ने नेपालीहरू खुशी भएका छन् ।

अमेरिकाको क्यालिफोर्निया राज्यका ठूला शहरहरू सान फ्रान्सिस्को सीटी, रिचमण्ड सीटी, सान्टा–क्लारा सीटी र हर्कुलेस सिटीहरूले छुट्टाछुट्टै रूपमा आ–आफ्नो नगर परिषदबाट प्रवासी नेपाली समुदायप्रति सम्मान प्रकट गर्दै नेपाली नयाँ वर्षलाई औपचारिक रूपमा प्रत्येक बर्ष मनाउने गरि मान्यता दिएको हो ।

सान फ्रान्सिस्कोका मेयर ड्यानियल लुनेले जारी गरेको एक औपचारिक घोषणा मार्फत अप्रिल १४, २०२६ लाई “नेपाली नयाँ वर्ष” का रूपमा घोषणा गर्नु भएपछि नेपाली नयाँ वर्षले औपचारिक एवं आधिकारिक मान्यता पाएको छ ।

जारी घोषणा–पत्रमा नेपाली नयाँ वर्ष (बैशाख १) लाई नवीनता, कृतज्ञता र सांस्कृतिक उत्सवको प्रतीकका रूपमा उल्लेख गरिएको छ । बिस्केट जात्रा, नव वर्ष उत्सवजस्ता परम्परागत गतिविधिहरूले सामुदायिक एकता, खुशी र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने विश्वास गरिएको छ ।

उद्यमशीलता, पेशागत उपलब्धि, सामाजिक सहभागिता र सिर्जनात्मक योगदानमार्फत नेपाली समुदायले सहरको विविधता र समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताइएको भन्दै नेपाली नयाँ वर्षलाई आधिकारिक रुपमा मान्यता दिएको छ । त्यसैगरी, सान फ्रान्सिस्कोमा हरेक वर्ष आयोजना हुने नेपाल डे परेडले नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ ।

अब यस किसिमको राम्रो कार्यको थालनी क्यालिफोर्निया राज्यमा मात्रै नभई अमेरिकाको प्रत्येक राज्यको प्रत्येक शहरमा फैलिँदै विश्वास गरिएको छ । अहिले अमेरिकाको क्यालिफोर्निया, भर्जिनिया, न्युयोर्क, मेरिल्यान्ड सहितका राज्यहरूमा विभिन्न पेशा तथा अध्ययनका लागि साँढे चार लाख नेपाली बसोबास गर्दै आएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.