डायस्पोरा

कुवेतमा मृत्यु भएका ९ नेपालीको शव नेपाल ल्याइयो

काठमाडौँ । कुवेतमा विभिन्न कारणले फरक फरक समयमा मृत्यु भएका ९ जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ । यस्तै त्यहाँबाट भएका (डिपोर्ट) नेपालीसमेत स्वदेश फर्किएका छन् ।

उनीहरुलाई लिएर कुवेत एयरवेजको विशेष विमान बुधबार भैरहवा विमानस्थलमा अवतरण गरेको हो । कुवेतको हवाइ क्षेत्र र काठमाडौँ–कुवेत नियमित उडान बन्द रहेको विशेष परिस्थितिमा कुवेतस्थित नेपाली राजदूतावासको समन्वय र कुवेत एयरवेजको सहयोगमा सो विशेष उडान गरिएको हो ।

जहाजमार्फत ल्याइएका ९ नेपालीको शवलाई आजै सम्बन्धित परिवारको जिम्मा लगाउने तयारी गरिएको दूतावासले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.