डायस्पोरा

गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलन मार्च १४–१६ तारिख

काठमाडौँ । गैर आवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी मार्च १४–१६ तारिख काठमाडौँमा हुने तय भएको हो ।

सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भइसकेको मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

उक्त उच्चस्तरीय आयोजक समितिको सचिवालयका रूपमा सङ्घको सचिवालयले नै कार्य गर्नेछ ।सम्मेलन तथा महाधिवेशन सम्बन्धी तयारीका कामहरू अघि बढिरहेका छन् ।

सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकले पाउने संविधान प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सिप र प्रविधि हस्तान्तरण, महिला, युवा तथा दोस्रो पुस्ता लगायत विविध सत्रमा छलफल हुनेछ ।

नेपाल सरकारका प्रतिनिधिहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू, एनआरएनका अभियन्ताहरू र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वहरूको उक्त सम्मेलनमा सहभागिता रहनेछ।

अन्तर्राष्ट्रिय महाधिवेशनमा सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई उत्साहपूर्ण सहभागिताका लागि अपिल समेत गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्