राजनीति

काठमाडौँ महानगर प्रमुख बालेनद्वारा पदबाट राजीनामा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिनु भएको छ ।

आइतबार प्रमुख शाहले उपप्रमुख सुनिता डङ्गोल समक्ष राजीनामा बुझाउनु भएको हो । उहाँले स्वेच्छाले राजीनामा दिएको बताउनु भएको छ । राजीनामा पत्रमा महानगरकाे नेतृत्व र कार्यपालिकालाई सफलताकाे शुभकामना व्यक्त गर्नु भएको छ ।

‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागु हुने गरी स्वेच्छाले राजीनामा पेस गर्दछु’ बालेनले राजीनामा पत्रमा भन्नु भएको छ, ‘यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारिपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।’

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत वैशाख ३० गते सम्पन्न मतदानबाट उहाँ काठमाडौँको नगर प्रमुख निर्वाचित हुनु भएको हो । काठमाडौँको प्रमुख बन्दा उहाँले ६१ हजार ७६७ मत प्राप्त गर्नु भएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्