राजनीति

वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जान्छौँः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताउनुभएको छ।

मंगलबार काठमाडौँमा विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले नेतृत्व चयन गरिसकेपछि प्रतिनिधि घर फर्किन मिल्ने भए पनि आफू निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको बताउनुभयो। उहाँले निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर गर्नुभयो।

उहाँले आफूले उम्मेदवारी दिएको र जित्छु भन्ने विश्वास रहे पनि कतिपय अवस्थामा सर्वसम्मत रुपमा आउनुपर्ने स्थिति रहने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘यहाँबाट नेतृत्व चयन गरिसकेपछि तपाईंहरु कतिपय घर फर्किंदा होला तर हामीलाई निर्वाचन आयोगले पर्खिरहेको हुन्छ। विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन ग¥यो। के निर्णय लिएर आयो भनेर पर्खिरहेको होला। हामीले निर्वाचन आयोग पनि पुग्नुछ। हामीले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ सबै कुरा गरिसकेको कुरालाई पुर्‍याउनु छ। तपाईंहरु कतिपय साथीलाई लाग्नसक्छ, मैले उम्मेदवारी दर्ता गरेको छु, मैले चुनाव लडेर मज्जैको मतले जित्नसक्छु भन्ने लाग्नसक्छ। तर तपाईंहरुलाई हामीले के भन्नुपर्ने हुनसक्छ भने उम्मेदवारी दर्ता त गर्नुभयो। सर्वसम्मत रुपमा आइदिनुस् भन्नुपर्ने हुनसक्छ।’

महामन्त्री शर्माले अबको राजनीतिमा जुझारुपन लिएर जानुपर्ने बताउनुभयो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्