नेपाल

ग्यास बुलेट दुर्घटना, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको चन्द्रपुर –४ दोस्रो लच्का नजिकै ग्यास बुलेट ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मङ्गलबार  बिहान ७ः५०  बजेतिर रक्सौल, भारतबाट महेन्द्रनगर, धनुषातर्फ जाँदै गरेको युपी १७ एपि   २११४  नम्बरको ग्यास बुलेट ट्रक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख राजेन्द्र थापा मगरले जानकारी दिनुभयो ।

दुर्घटनामा ग्यास बुलेट ट्रक चालक भारत कदोरमा जिल्ला जयनगरका ३७ वर्षीय पवन यादव घाइते हुनुभएको छ भने उहाँको सिभिल अस्पताल चन्द्रनिगाहपुरमा उपचार भइ रहेको उहाँले बताउनुभयो ।

ग्यास बुलेट ट्रकबाट ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्ण रूपमा रोकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।

ग्यास लिक भइरहेकाले सुरक्षाका कारण दुर्घटनास्थलको ३ किलोमिटर वरिपरि मान्छे ओहोर दोहोर गर्नमा रोक लगाइएको उहाँले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट पश्चिम तथा पश्चिमबाट पूर्वतर्फ आवतजावत गर्ने सवारी साधनबिच बाटोमै अलपत्र परेको छ । ग्यास लिक नियन्त्रणमा लिन नोभेल ग्यासका मनोज श्रेष्ठलाई बोलाइएको उहाँले जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्