मनोरंजन

तारा पौडेलको ‘थर एउटै घर एउटै’ गीत  सार्वजनिक

स्याङ्जा । गायक तारा पौडेल श्रेष्ठको ‘थर एउटै घर एउटै’ सार्वजनिक भएको छ । ‘तारा पौडेल’ युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । गीतले जातीयता तथा एउटै घरको भावनालाई सरल र मार्मिक तरिकाले प्रस्तुत गरेको छ । 

गीतले थर, जात र पहिचानले मानिसलाई अलग अलग चिनाउने भए पनि भावना, माया र घरले सबैलाई एक ठाउँमा जोड्ने सन्देश दिन खोजेको छ । गीतमा कृष्ण लामिछानेको शब्द तथा नेत्र भण्डारीले सङ्गीत भर्नुभएको छ । नेत्र भण्डारी र गायक स्वयम्को गीतमा आवाज रहेको छ । मुकेश नेपालीको निर्देशन र कोरियोग्राफीमा तयार भएको गीतमा लोमश शर्मा र नम्रता थापालगायतका कलाकारको अभिनय रहेको छ । गीतको छायाङ्कन बुद्ध थापा र सम्पादन नवीन घर्तीमगरले गर्नुभएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्