राजनीति

काँग्रेस कावा सभापति खड्काद्वारा एकताबद्ध भएर धैर्यता राख्न आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको वर्तमान मर्मलाई बुझी दिई धैर्यता राख्न आग्रह गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत आफूप्रतिका टिप्पणीहरूलाई सदा सम्मान गरिरहने र त्यस्ता टिप्पणी नै आफ्ना लागि शक्ति र मार्गदर्शन हुने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा, पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ ।”

कावा सभापति खड्काले पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, विगतका गल्ती–कमजोरी स्वीकारी जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एक पटक काँग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको स्पष्ट पार्नुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.