साहित्य समाचार

स्मृति सभामा ‘कुलुलु बग्ने’ सार्वजनिक

काठमाडौँ । गायक तथा सङ्गीतकार स्वर्गीय विक्रम राईको पहिलो स्मृति सभा आयोजना गरिएको छ । स्मृति सभामा नेपाली साङ्गीतिक क्षेत्रका दर्जनौँ कलाकारको उपस्थिति रहेको थियो । कपनस्थित उहाँको निवासमा आयोजित स्मृति सभामा गायकगायिकाले स्वर्गीय राईका गीतको प्रस्तुति दिनुभएको थियो ।

सो कार्यक्रममा उहाँको स्वर तथा सङ्गीतमा रहेको गीत ‘कुलुलु बग्ने’ को भिडियो सार्वजनिक गरिएको थियो । ईश्वर चामलिङको शब्द र देबेश राईको एरेन्ज रहेको गीतको भिडियो उहाँको जीवनकथामा तयार पारिएको छ । वेदना राई र सरोज खालिङ राईको अभिनय रहेको भिडियोलाई राजेश पुमाले निर्देशन गर्नुभएको छ । गीतलाई अर्जुना राईले नै निर्माण गर्नुभएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्