डायस्पोरा

युएईबाट नेपाल फर्किन चाहने नेपालीका लागि आबुधाबी दूतावासको नयाँ सूचना

काठमाडौँ ।  नेपाल फर्किन चाहने नेपालीका लागि युएईको अबुधाबीस्थित नेपाली राजदूतावासले बुधबार नयाँ सूचना दिएको छ। मङ्गलबार बनाएको गुगल लिङ्कमा समस्या भएको भन्दै दूतावासले नयाँ सूचना सार्वजनिक गरेको हो। 

मङ्गलबार सार्वजनिक गरिएको गुगल लिङ्कमा विवरण भरेका नेपालीले भने नयाँ लिङ्कमा विवरण उपलब्ध गराउनु नपर्ने जानकारी गराउँदै नयाँ व्यक्तिका लागि सूचना सार्वजनिक गरेको हो।

दूतावासले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘यसअघि प्रकाशन गरिएको गुगल फारमको लिङ्कमा प्राविधिक समस्या आएकोले तलको लिङ्क उपलब्ध गराइएको हो। गुगल फारममा आफ्नो विवरण उपलब्ध गराइसक्नु भएका व्यक्तिले पुनः यो फाराम भरिरहनु नपर्ने बेहोरा अनुरोध छ।’

पर्यटक भिसा तथा ट्रान्जिट रहेका, भिसा समाप्त भएका र तत्काल नेपाल फर्कन चाहने विद्यार्थीलाई कन्सुलर सेवा विभागको लिङ्कमा विवरण उपलब्ध गराउन दूतावासले अनुरोध गरेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्