राजनीति

राष्ट्रियताका लागि संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता र विकासका सवालमा लोकतन्त्रवादी र संविधानका पक्षधर शक्तिहरू मिल्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं. ६ स्थित नेकपा (एमाले) तारकेश्वर नगर कमिटीद्वारा आज आयोजित कार्यक्रममा जनताको विश्वास जित्न जनप्रिय हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीले जनतासँगको सम्बन्ध सुधारका लागि जागरण अभियान सञ्चालन गरेकाले जनसङ्गठनलाई परिचालित गरिएको जनाउनुभयो ।

“हामीले जनताको बहुदलीय जनवादको आधारमा आफ्ना नीतिप्रति जनतालाई विश्वास जिताउने र जनताको चाहनाको सापेक्षतामा प्रस्तुत हुनुपर्छ ।”, महासचिव पोखरेलले भन्नुभयो, “परम्परागत कम्युनिष्ट आन्दोलनको विचारधाराबाट चलेर अब हुँदैन । मार्क्सवादलाई सृजनात्मक प्रयोग गर्दै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न नयाँ पुस्तालाई जोडेर जान सक्नुपर्छ ।”

एमालेले विगतमा सरकार सञ्चालन गर्दा आर्थिक र सामाजिक विकासलाई महत्त्व दिए पनि युवालाई देशभित्र रोजगारी दिन नसक्दा असन्तोष बढेको आत्मसाथ गर्नुपर्ने उहाँको भनाइ छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्