नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २८ गते नेपाल फर्कने
देउवा स्वदेश फर्किने तयारीमा रहेका बेला शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देउवाविरुद्ध पक्राउ पुर्जी रहे–नरहेको विषयमा रेकर्ड हेरिरहेको बताएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २८ गते नेपाल फर्कने भएका छन् । पारिवारिक स्रोतका अनुसार देउवा साउन २८ गते दिउँसो १२ बजे फर्किने समय तय भएको हो ।
सिंगापुरमा स्वास्थ्य परीक्षण गर्ने भन्दै देउवा फागुन १३ गते उपचारका लागि नेपालबाट देश छोडेका थिए। सिंगापुरमा स्वास्थ्य परीक्षण र उपचारको काम सकिएपछि उनी ७ चैत २०८२ मा हङकङमा बसिरहेका छन् ।
निवर्तमान सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । इतर समूहले शुक्रबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक डा.शशाङ्क कोइरालाले साउन २९ गतेबाट काठमाडौँमा सुरु हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी दिएका थिए ।