कविता

साकुराको फेदमुनि

मनभरि साकुरा फुलिरहेछ !

यसपालिको वसन्तमा पनि मानौँ

आफैँलाई थाहा नदिएर

सडकका दुवै छेउमा ठिङ्ग सिपाही झैँ

उभिएको यो सडकबत्ती

मानौँ !

कुनै गोरिल्ला समयको पर्खाइमा छ ।

झरना झैँ झर्नुको मजा बारम्बार

कुनै बँैसालु युवतीले चेस्टरमा घुसारेको खुद्रा पैसा जस्तै छ

उनका लाजका वसन्त !

नग्नताको पारदर्शी पर्दा हेरेर हस्तमैथुनमा

बारम्बार सपना देखिरहेको नयाँ सडक

झन्डा बेचिरहेकी अधबैँसे आइमाईको आँखामा

पोखिएको भोक र देशको दन्त्यकथा !

कुनै नाबालिग केटाले एक सर्को चुरोटको

धुवाँमा फुलेको साकुरा

युग अलमलमा छ ।

हरेक वसन्तमा त्यसरी नै फुलिरहेछ साकुरा

जसरी फुल्छ बारम्बार हरेक मान्छेको आँखामा

एउटा अपाहिज खुसी

बैसाखी टेकेर चढ्न आतुर छ

शिखर

डोकोमा टिपेर ल्याएको साकुरा

सपना झैँ बेचिन्छ सस्तो दाममा हाटबजारमा

तपाईं पनि किन्नुहुन्छ महोदय ?

मेरो बिक्न नसकेको सपना र साकुरा ?

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्