कविता

आमा भन्नू हुन्छ “तुहिएको गर्भ” ठिक -बिक्रम सुन्दास

सम्झिन्दा
कटक्क मन खान्छ
मन संगै पेट खान्छ
आमा भन्नू हुन्छ ।

पटक्कै याद नआए हुने थियो ।
कसैले कुरै नगरे हुने थियो ।
यो भन्दा पनि मान्दैन मन ।
विछट्टै प्रेममा बसेको गर्भ थियो त्यो ।

बिवाहा
पहिलो बर्सको
गर्भ,
सपनाको कलिलो गर्भ
सम्बन्धको पहिलो गर्भ
परिवारको नै पहिलो गर्भ थियो त्यो ।
मेरो पेट मात्रै थिएन
उहाँको रगत थियो त्यो,

आसाहरू बढेर तीन महिना पुगेको थियो
भरोसाहरू जोडिन्दै थिए
खुसीहरू लहरिन्दै थियो ।
तर
अचानक
मध्यरातमा चट्याङ पर्यो ।
र,
तुहियो गर्भ भालेको पहिलो डाक मै ।

रगतको आहालबाट
उदाएको सुर्य देखेँ
महसुस भयो, रातो हुने रहेछ ।
दुखाईको पिडाबाट महसुस् गरेँ
सुर्य तातो हुँदोरहेछ
भिजेको आँखाले देखीने सुर्य
टिलपिल-टिलपिल
उज्यालो हुने रहेछ ।
आमा भन्नू हुन्छ !!

उज्यालो संगै आएका आफन्त
मलाई घिन लाग्छन्
उज्यालो संगै आउने समाजदेखि
मलाई डर लाग्छ !
तुहिएको गर्भ जस्तो लाग्छ ।

दिनको दु:खाई
आफ्नाको ओहोरदोहोर
आङको फोहोर
अंगेनीको बसाइ
सत्रुमा पनि नपरोस्
आमा भन्नू हुन्छ ।

तुहिएको गर्भपछिको सन्तानको
मोह नै कम पर्ने रहेछ ।
मनमा झस्को परिरहने रहेछ
मगज नै ठिक नहुने रहेछ
आमा भन्नू हुन्छ ।

सन्तान देखेर हर्ष लाग्छ
सन्तानको कर्म
कर्तव्य , सन्तानले दिएको चोट भोगेर
आमा भन्नू हुन्छ
हुनु र नहुनु फरक छैन बाबू।
गर्भ तुहिएकै ठिक रहेछ ।

-फिक्कल , इलाम

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्