खेलकुद

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम । नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड फुटसल कप’ को उपाधि बैंकर्स क्लब धनगढीले जितेको छ ।

फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा भएको मैत्रीपूर्ण अन्तर–संस्था फुटसल प्रतियोगिताको आज सम्पन्न फाइनलमा फारवेष्ट पशुपति युवा क्लबलाई पराजित गर्दै बैंकर्स क्लब धनगढी च्याम्पियन भएको हो । धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको फाइनल खेलमा बैंकर्स क्लबले फारवेष्ट पशुपतिलाई २–१ गोलले पराजित गरेको हो ।

बैंकर्स क्लबले उपाधिसँगै २२ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता फारवेष्ट पशुपतिले १२ हजार रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ । प्रतियोगिताको समापन समारोहमा सन्तती आइभिएफ सेन्टरका अध्यक्ष जनक चन्द, नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहाल, अरवान भट्टीका सञ्चालक इञ्जिनियर राजन रानालगायतले पुरस्कार वितरण गरेका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्