एक्सक्लुसीभ

एनपिएलः सुदूरपश्चिम रोयल्सद्वारा चितवन राइनोज ४९ रनले पराजित

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै छ खेलमा सबैमा जीत निकाल्दै १२ अङ्क जोडेको छ ।

जीतका लागि १७० रनको लक्ष्य पछ्याएको चितवन राइनोज १७ दशमलव एक ओभरमा १२० रनमा अलआउट भयो । ‘प्लेअफ’मा पुग्न जीतको खोजीमा रहेको चितवनका ब्याटर चल्न सकेनन् । उसका लागि रवि बोपाराले २९, देव खनालले २८ रन बनाए । साथै अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमको जीतमा पुनित मेहराले तीन विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले एक/एक विकेट लिए । तीन जना ब्याटर रनआउट भए ।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर क्रिस लिनको शानदार अर्धशतकमा २० ओभरमा चार विकेटको क्षतिमा १६९ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि लिनले रिटायर्ट हर्ट हुनुअघि ७५ रन बनाए । ५६ बल खेल्ने क्रममा उनले तीन छक्का र पाँच चौका प्रहार गरे । ओपनर बिनोद भण्डारीले २१ रनको योगदान दिए ।

इशान पाण्डेले एक रन मात्रै बनाए भने पुनित मेहराले १३ र हर्मित सिंहले एक रन मात्रै बनाउन सके । आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४, २४ रन बनाए ।

चितवनका लागि सैफ जाइबले दुई विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक, एक विकेट लिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्