खेलकुद

नेपालले मङ्गलवार ओमनसँग अन्तिम खेल खेल्दै

काठमाडौँ । नेपालले ओमनसँग आफ्नो अन्तिम खेल मङ्गलवार खेल्दैछ ।

ओमानसँग मङ्गलवार खेल्दै गर्दा नेपालले अझै पनि कायम रहेका कमीकमजोरीहरू सुधार गर्ने प्रयास गर्दै ओमानसँगको पहिलो खेलको हारको बदला लिएर शृङ्खलामा तेस्रो जित निकाल्ने र सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

साथै, यस शृङ्खलामा तीन जितका साथ नेपालले अर्को सातादेखि सुरु हुने अर्को शृङ्खलामा उच्च मनोबल लिएर जानेछ । नेपालले आगामी सातादेखि लिग २ का शीर्ष २ टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ र त्यसका लागि जारी शृङ्खलाको लय महत्त्वपूर्ण हुनेछ ।

लिग २ अङ्कतालिकामा हाल ओमान २७ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ भने नेपालले २३ खेलमा १६ अंक जोडेर सातौं स्थानमा छ । अर्को टोली युएईको २४ खेलमा १४ अंक छ ।

यही शृङ्खलामा यसअघि भएको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । नेपालले युएईसँगको दुवै खेल जितिसकेको छ । अब ओमानलाई पनि हराएर नेपाल शृङ्खलामा तेस्रो जितको खोजीमा हुनेछ ।

नेपाल र ओमान हालसम्म ओडीआई फर्म्याटमा ९ पटक आमनेसामने भएका छन् । नेपालले तीन खेल जित्दा पाँच खेलमा पराजित भएको छ । एक खेल रद्द भएको थियो ।

कीर्तिपुरमा भने यी दुई टोली ४ पटक आमनेसामने भएका छन् जसमा नेपालले १ खेल जित्दा ओमानले ३ खेल जितेको छ । लिग २ क्रिकेटअन्तर्गत कीर्तिपुरमा भएका खेलमा नेपालले ओमानलाई हराउन सकेको छैन । कीर्तिपुरमा आएको एक जित भने एसीसी प्रिमियर कपको खेलमा थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्