राजनीति

प्रदेश सभा सदस्यहरूलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

जनकपुरधाम । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच प्रदेश सभा सदस्यहरूलाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मधेशका सभामुख रामचन्द्र मण्डललाई ती पाँच जना प्रदेश सभा सदस्यलाई तत्काल पदमुक्त नगर्न आदेश भएको हो ।

सभामुख मण्डलले गत कार्तिक २७ गते जनता समाजवादी पार्टी नेपालका प्रत्यक्षतर्फ निर्वाचित ३ जना सहित ४ र नागरिक उन्मुक्ति पार्टीका १ जना गरि पाँच प्रदेशसभा सदस्यहरूलाई पदमुक्त गर्नुभएको थियो ।

जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्यहरू मनिष कुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र सारदा शङ्कर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंहलाई प्रदेश सभाको बैठकमा लगातार १० दिन अनुपस्थित रहेको भन्दै पदमुक्त गरिएको थियो ।

सभामुखको निर्णयविरुद्ध पदमुक्त भएका प्रदेश सभाका सदस्यहरूले सर्वोच्चमा अदालतमा रिट दायर गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्