राजनीति

संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाबारे नेपाली काँग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् ।

काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न सिंहदरवारस्थित उनकै कार्यकक्ष पुगेका थिए ।

काँग्रेसका प्रमुख सचेतक घिमिरेले अनौपचारिक भेटघाट भएको बताए । ‘अनौपचारिक भेटघाट हो । चिया–कफी खाँउ भनेर गएका थियौँ । अनौपचारिक कुराकानी भयो । संसद् पुनर्स्थापनाबारे पनि कुराकानी भयो । आगामी निर्वाचन हुन्छ कि हुँदैन ! यस्तै चिया गफ,’ घिमिरेले भने ।

घिमिरेले आफू प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताएका छन्। ‘म संसद् पुनर्स्थापनाकै पक्षमा हो । संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्छ भन्ने हो । यसका लागि संसद् पुनर्स्थापना हुनुपर्छ,’ उनले भने ।

गत २७ भदौमा प्रतिनिधि सभा विघटन भएको थियो । आगामी २१ फागुनका लागि चुनावको मिति तय भएको छ । निर्वाचन तयारी अन्तर्गत निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । आगामी ६ माघमा उम्मेदवारी दर्ताको समय छ ।

यता निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय सुरु भएको छ । आजदेखि यही १० मंसिरसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने समय सीमा छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्