खेलकुद

पिएम कपमा त्रिभुवन आर्मीको अग्रता कायमै, विनोद भण्डारीको शतकीय प्रहार 

जनकपुर । कप्तान विनोद भण्डारीको शतकको मद्दतले शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लबले पिएम कपमा आज सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । 

जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमको हारसँगै फाइनलमा पुग्ने विषयमा धक्का लागेको हो । सुदूरपश्चिमको हारको कारण खराब ब्याटिङ प्रदर्शन रहेको थियो । आर्मीको जितमा विनोद भण्डारीको शतकीय प्रहार र बसिर अहमदको उत्कृष्ट बलिङ प्रमुख कारणको रुपमा रहेको छ ।

जीतको लागि १ सय ५१ रनको सहज विजय लक्ष्य आर्मीले २०.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेका थिए । ओपनर त्रितराज दास ५ रनमा आउट भएका थिए । विनोद र भीम सार्कीले दोस्रो विकेटको लागि ८७ रनको साझेदारी गर्दै जीतलाई सहज बनाएका थिए । भीम १६ रनमा आउट भएका थिए ।

खेलमा जमेका विनोदले शतक बनाएका थिए । ७५ बल खेल्दै १२ चौका र ५ छक्का सहित भण्डारीले शतक बनाएका थिए । उत्कृष्ट ब्याटिङ गरेका विनोद १ सय रन बनाएर शेर मल्लको बलमा आउट भएका थिए । कुशल मल्ल अविजित २६ रन बनाएर नट आउट रहेका थिए । बलिङमा सुदूरपश्चिमका शेर मल्लले २ र मिलन बोहराले १ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन बनाएका थिए । टप र मिडल अर्डरका खेलाडीले खराब प्रदर्शन गर्दा ६६ रनको स्थितिमा सुदूरले ६ विकेट गुमाइसकेको थिए । आठौँ क्रमका व्याट्स म्यान नारायण जोशीले अर्धशतक बनाएपछि टिमलाई राहत दिएका थिए । जोशीले ६० बल खेल्दै ३ चौका र ५ छक्का सहित सर्वाधिक ६३ रन बनाएका थिए ।

ओपनरद्वय अभिषेक पालले २४ रन र खड्क बोहराले १३ रन बनाएका थिए भने तर टिमका तीन खेलाडी बाहेक अन्यले दोहोरो अङ्कमा रन छुन सकेका छैन ।

सुदूरपश्चिमलाई १ सय ५० रनमा रोक्न बसिर अहमदले ९ ओभर १ बलमा १ मेडन सहित मात्र ३५ रन दिएर ५ विकेट लिएका थिए । ७ खेलमा आर्मीको यो छैटौँ जित हो । १३ अंक सहित आर्मीले अग्रता बढाउँदै फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । ८ खेलबाट १० अंक बनाएको सुदूर दोस्रो स्थानमा कायमै रहेको छ भने मधेश प्रदेश ९ अंक सहित तेस्रो स्थानमा रहेका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्