खेलकुद

एन्फा महिला लिग छनोट : चर्च ब्वाइज युनाइटेडको फराकिलो जित

काठमाडौँ । चर्च ब्वाइज युनाइटेडले एन्फा महिला लिग छनोटमा फराकिलो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा चर्च ब्वाइजले एफसी रिएलेविरुद्ध ६–० को जित निकालेको हो ।

चर्च ब्वाइजलाई जित दिलाउन सुजता फालुङ्वा र आशिका थापाले समान दुई तथा मनीषा तुमरोक र वर्षा ओलीले गोल गरे । यससँगै चर्च ब्वाइजले तीन अङ्क जोडेको छ । दुवै खेलमा पराजित रिएले अङ्कविहीन छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्