खेलकुद

एसिया कप क्रिकेट : पाकिस्तानको विजयी सुरुवात

काठमाडौँ । पाकिस्तानले एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ । युएईमा जारी प्रतियोगितामा शुक्रबार राति भएको खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले हरायो । 

जितका लागि एक सय ६१ रनको लक्ष्इ पछ्याएको ओमान १६.४ ओभरमा सबै विकेटको क्षतिमा ६७ रनमा समेटिएको थियो । ओमानका लागि हम्माद मिर्जाले २७ रन बनाउनुभयो । अमिर कलिमले १३ र शकिल अहमेदले १० रन बनाउनुभयो ।

पाकिस्तानका लागि साइम अयुब, सफियान मुकिम र उसामा मिरले दुई दुई विकेट लिनुभयो । सहेन शाह अफ्रिदी, अबरर अहमेद र मोहमद नवाजले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद हारिसले ६६ रन बनाउनुभयो । सहिबजादा फरहानले २९, फकहर जमनले २३ र मोहमद नवाजले १९ रन बनाउनुभयो ।

बलिङमा ओमानका आमिर कलीम र शाह फैसलले तीन तीन विकेट लिनुभयो । मोहमद नदिमले एक विकेट झार्नुभयो । पाकिस्तानले आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्