खेलकुद

नेपालद्वारा युएई ८ विकेटले पराजित 

काठमाडौँ । अन्तर्राष्ट्रिय टि–ट्वान्टी पुरुष क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेटले पराजित गरेको छ । 

युएइले दिएको १२९ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा पुरा गर्‍यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएइले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२८ रनको योगफल बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलको सर्वाधिक ८४, दीपेन्द्रसिंह ऐरीको २३, कुशल मल्लको १९ र सन्तेष यादवकाे १ रनको योगदान रह्यो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्